काठमाण्डु – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ बुधबार पोखरामा भारतीय भूतपूर्व सैनिकसँगको भेटघाट कार्यक्रममा सहभागी भएका छन् । श्रीमती कोमल सेठसहित पोखरा पुगेका उनी त्यहाँ आयोजित कार्यक्रममा सहभागी भएका हुन् । जनरल सेठले पोखरा रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालय (पीपीओ)को पनि भ्रमण गरे । उनले त्यहाँ आयोजित भारतीय भूतपूर्व सैनिकसँगको भेटघाट