कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा समूह अदालत जाने तयारीमा

  • बुधबार ३ भौ २०८३ ०७:४४ AM
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनविरुद्ध पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूह अदालत जान लागेका हुन्। कांग्रेस संस्थापन समूहले १५ औँ महाधिवेशनकोे कार्यतालिका सार्वजनिक गर्दै यसै वर्ष असोज १६ गतेदेखि १९ गतेसम्म काठमाण्डुमा गर्ने निर्णय गरेको हो ।