प्रधानसेनापति अशोक राज सिग्देलले पदोन्नति भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। साउन २६ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्वबन्धु पहाडीलाई प्रधानसेनापति सिग्देलले बुधवार सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रमबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। यस्तै, प्राविधिक सहायक रथी पदमा पदोन्नति भएकी प्रमुख सेनानी डा. इन्दिरा आचार्यलाई समेत प्रधानसेनापतिले