भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठले पोखराबाट भारतीय भूपू सैनिकहरूका लागि कल्याणकारी योजनाहरू घोषणा गरेका छन् । भूपू सैनिक र उनीहरूका परिवारको कल्याणका लागि भारतीय सेनाले नयाँ कल्याणकारी योजना अघि सारेको उनले बताए । पश्चिम नेपालका भूपू सैनिकहरूलाई स्वास्थ्य उपचारका लागि काठमाडौँ वा पोखरा धाउनुपर्ने बाध्यता हटाउन कोहलपुरमा नयाँ इआइएचएस पोलिक्लिनिक सञ्चालनमा ल्याइएको उनले