अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गरेका छन् । उनले अमेरिकी जनगणना ब्युरोले मतदाता अभिलेख र नागरिकताको अभिलेखबीच तुलना गर्ने क्रममा यस्तो तथ्य फेला परेको बताएका हुन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै जनगणना ब्युरोले पहिलो १२ करोड ८० लाख मतदाताको