सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसद्मा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ । बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा उक्त छलफल भएको हो । बैठकमा सभापति लामिछानेले संसद्मा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गरेका हुन् ।