कोलकाताको होटलमा भीषण आगलागी, बालकसहित कम्तीमा ९ जनाको मृत्यु

  • बुधबार ३ भौ २०८३ ०५:३१ AM
काठमाण्डु– भारतको पश्चिम बंगालस्थित कोलकाताको मिर्जा गालिब स्ट्रिटमा रहेको पाँचतले साँघुरो भवनमा बुधबार बिहान भीषण आगलागी हुँदा बालक र महिलासहित कम्तीमा ९ जनाको मृत्यु भएको छ। घटनामा ६ जना घाइते भएका छन्। बुधबार बिहान करिब २ बजे आगलागी भएको प्रहरी स्रोतले जनाएको छ। आगो नियन्त्रणमा लिन पाँचवटा दमकल घटनास्थलमा परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्