काठमाण्डु – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले कांग्रेस सांसद प्रकाश देउवालाई पदमुक्त गरेपछि आपत्ति जनाएका छन् । धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्व मुख्यमन्त्रीसमेत रहेका शाहले सभामुखको उक्त निर्णयप्रति आपत्ति जनाएका हुन् । ११ महिनादेखि अमेरिकामा रहेका कांग्रेस सांसद देउवालाई सभामुख भीम भण्डारीले मंगलबार पदमुक्त गरेका थिए । प्रदेश सभा सचिवालयले