अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष र वरिष्ठ वकिलमाथि अमेरिकाको प्रतिबन्ध

  • बुधबार ३ भौ २०८३ ०५:२६ AM
एजेन्सी । संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का अध्यक्ष र एक वरिष्ठ वकिलमाथि प्रतिबन्ध लगाएको छ । आईसीसीको गतिविधिविरुद्ध वासिङ्टनले आफ्नो कडा नीतिलाई निरन्तरता दिँदै मंगलबार उक्त घोषणा गरेको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा जारी विज्ञप्तिअनुसार आईसीसीका जापानी अध्यक्ष टोमोको अकाने र सेनेगलका वरिष्ठ सरकारी वकिल (सिनियर ट्रायल