काठमाडौँ । नाडा अटो शो-२०२६ यही भाद्र ९ देखि १४ गतेसम्म काठमाडाैँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको आयोजनामा उक्त अटो सो हुन लागेको हो । ६ दिनसम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भइरहेको नेपालको अठोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यावसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्ने आयोजकले