प्रकाश देउवालाई प्रदेश सभा सदस्यबाट हटाएकोमा कांग्रेसको आपत्ति

  • बुधबार ३ भौ २०८३ ०६:१० AM
काठमाडौं । सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवालाई पदमुक्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति आपत्ति जनाएका छन् । बुधबार धनगढीमा आयोजित कार्यक्रममा शाहले देउवालाई एक्कासि प्रदेश सभा सदस्यबाट हटाउने निर्णयको नियतमाथि प्रश्न उठाएका हुन् । ‘हाम्रो एउटा कुरामा गम्भीर ध्यानाकर्षण भएको छ, माननीय प्रकाश