कोलकाता । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको एक होटलमा बुधबार बिहान आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । मिर्जा गालिब स्ट्रिटस्थित होटलमा बिहान करिब २ बजे आगलागी भएको अग्निशमन विभागका अधिकारीहरूले बताएका छन् । आगलागीमा मृत्यु हुनेहरू बंगलादेशी नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त