काठमाडौं । वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार उनलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन् । डा.पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए । अध्यक्ष हुँदा उनले भरतपुर अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना अघि