काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औं महाधिवेशन प्रक्रिया अघि बढाएपछि इतर पक्ष त्यसविरुद्ध सर्वाेच्च अदालत जाने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ मात्र १५औं महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार भदौ २४ गतेदेखि महाधिवेशनका लागि अधिवेशनहरु हुनेछन् । संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाएपछि ‘पार्टीको आधिकारिकतासम्बन्धी विवाद विचाराधीन रहेको’