काठमाडौँ : देशका मुख्य ठुला नदीहरूमा बहाव सामान्य रहे तापनि केही पहाडी तथा हिमाली जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै तिनका सहायक नदीहरूमा पानीको तह सतर्कता विन्दुभन्दा तलै छ। त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि हाललाई सुरक्षित अवस्थामै रहेको महाशाखाले जनाएको छ। ठुला नदीमा तत्काल ठुलो बाढीको जोखिम नरहे पनि साना नदी तथा खोलामा भने बहाव तीव्र रूपमा बढ्न सक्नेछ। महाशाखाका अनुसार ‘रामेछाप, ... The post उपत्यकासहित १४ जिल्लामा आकस्मिक बाढीको जोखिम appeared first on Kalika Khabar.