काठमाण्डु– राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहान होर्मुज जलडमरूमध्यलाई अमेरिकी भूभागका रूपमा देखाइएको एउटा नक्सा सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यो कदम उनले उक्त जलमार्गलाई अमेरिकामा गाभ्ने आफ्नो आह्वानलाई थप जोड दिन खोजेको संकेतका रूपमा हेरिएको छ। ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट गरेको उक्त नक्सामा होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी भूभाग’ भनेर उल्लेख गरिएको छ।