राँझा । बाँके जिल्लामा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुन्जलाई ‘ब्रान्डिङ’ गरी प्रचारप्रसार गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकासहित आठवटै स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी निकुन्जको प्रचारप्रसार गरिने बाँके राष्ट्रिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । उनका अनुसार मङ्गलवार कोहलपुरमा भएको सरोकारवाला निकायको समन्वयात्मक बैठकले डुडुवा नाका, राँझा चोक, नेपालगन्ज