इलाम । इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ‘अपाङ्गता भएका नागरिक घरपरिवारलाई बीमा कार्यक्रम’ समावेश गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको हो । कार्यक्रमका लागि सो गाउँपालिकाले चालु आवमा रु १२ लाख विनियोजन गरेको छ । अपाङ्गता