एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, १५ दिनभित्र सुझाव दिन आग्रह

  • बुधबार ३ भौ २०८३ ०४:४१ AM
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । प्राधिकरणले मस्यौदामाथि सरोकारवालाबाट राय, सुझाव र प्रतिक्रिया मागेको छ । प्राधिकरणका अनुसार दूरसञ्चार सेवालाई गुणस्तरीय, सुरक्षित, भरपर्दो र सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले नीति तयार गरिएको हो । सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गर्दै डिजिटल रूपान्तरणलाई प्रभावकारी बनाउने लक्ष्य पनि नीतिले राखेको