बैतडीको दोगडाकेदार गाउँपालिका–५, गोबडामा पिता इन्द्र बहादुर चन्द र स्वर्गीय माता जमुनादेवी चन्दको कोखबाट जन्मिएका वीरेन्द्रबहादुर चन्द काठमाडौं छिरेको एक दशकभन्दा बढी भइसक्यो । काठमाडौं आउँदा उनीसँग ठूलो योजना थिएन। सपना भने धेरै थिए तर ती सपना पूरा गर्ने बाटो स्पष्ट थिएन। श्रीमती सानु देउवासँगै कीर्तिपुरमा एउटा सानो कोठाबाट सुरु भएको उनको काठमाडौंको यात्रा सहज