काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे छलफल सांसद र मन्त्रीसँग छलफल हुनेछ । सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने भएकोले मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरिएको छ