नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले मोदी सरकारले प्रत्येक भारतीयको बोल्ने, प्रश्न गर्ने र असहमति जनाउने लोकतान्त्रिक अधिकारमाथि योजनाबद्ध आक्रमण गरेको दाबी गरेका छन् । खर्गेले सामाजिक सञ्जालमाथि सेन्सरसिप लागू गर्ने सरकारको कदम युवाहरूमाथि गरिएको लाठीचार्ज र पेलेट गनको प्रयोगजत्तिकै निन्दनीय रहेको बताए । खर्गेले मंगलबार सामाजिक सञ्जालमा लेखेअनुसार, केवल पाँच महिनाको अवधिमा १ लाख ९५ हजारवटा ‘ब्लकिङ अर्डर’ (खाता रोक्का/बन्द गर्ने आदेश) जारी गरिएका छन् । यसको अर्थ हरेक ६८ सेकेन्डमा एउटा आदेश जारी भइरहेको छ । उनले यी आदेशहरू अपराधीहरूलाई लक्षित गरी नभई आफ्नो भविष्य ... The post मोदी सरकारले सामाजिक सञ्जालमा सेन्सरसिप लागू गरेर युवाको आवाज दबाउन खोज्यो : कांग्रेस appeared first on Kalika Khabar.