काठमाडौं । विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुजलाई लिएर अमेरिका र इरानबीचको तनाव फेरि बढेको छ । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसलमा एआई निर्मित एक नक्सा तस्वीर राखेका हुन् । जसमा ‘स्ट्रेट अफ होर्मुज’लाई ठूला अक्षरमा नयाँ ‘अमेरिकी भू–भाग’ उल्लेख गरिएको थियो । ट्रम्पले यो पनि भनेका छन् कि अमेरिकाले हरेक हप्ता होर्मुज जलसन्धि क्षेत्र भएर हुने लाखौं ब्यारेल तेलको ओसारपसारलाई प्रभावित गरिरहेको छ । उनका अनुसार होर्मुज जलसन्धि खुला छ र तेलको मूल्य घटिरहेको छ । यसैबीच, इरानी संसदका सभामुख मोहम्मद बागेर घालिबाफले अमेरिकी दाबीलाई अस्वीकार ... The post होर्मुज अमेरिकाको दाबी गर्दै ट्रम्पले जारी गरे नक्सा appeared first on Kalika Khabar.