काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, लहान, सिरहाका कर अधिकृत युवराज एमएस पालसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखापरीक्षणका लागि सेवाग्राहीले पेस गरेका कागजात तथा बिल–बीजक नमिलेको भन्दै दुःख हैरानी दिई कर अधिकृत पालले रु पाँच लाख घूस लिइरहेको अवस्थामा केही दिन पहिले पक्राउ परेका थिए । अनुसन्धानका क्रममा पालले विभिन्न व्यावसायिक फर्म तथा कम्पनीको लेखापरीक्षण, कर निर्धारण र कर फछ्र्यौट गर्ने क्रममा बिल–बीजक नमिलेको भन्दै सेवाग्राहीसँग रकम माग गर्ने गरेको पाइएको आयोगले जनाएको छ । आयोगका ... The post कर अधिकृत पालसहित दुई जनाविरुद्ध आरोपपत्र दायर appeared first on Kalika Khabar.