पिङवा खोला दोभानमा लहलहाएको धान, बाँदरको आतंकले किसान चिन्तित

  • बुधबार ३ भौ २०८३ ०२:३५ AM
तेह्रथुम :   पिङवा खोला कलकलाउँदै बगिरहेको छ। खोलाको किनारमा रहेको बेंसीको फाँटमा मंसिरे धानका बाला हावासँगै लहराइरहेका छन्। पाक्न लागेको धानले खेत सुनौलो देखिन्छ। वर्षभरको मेहनतपछि अन्न घर भित्र्याउने तयारीमा रहेका किसानको अनुहारमा खुसी हुनुपर्ने