काठमाण्डु – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै, बैठकमा युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विगचार गरियोस् भन्ने