काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा तेस्रोपटक विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसपटक सरकारले सातवर्षे विकास ऋणपत्र–२०९० जारी गर्न लागेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋणपत्रका लागि भदौ ३ गते बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र भदौ ४ गते निष्कासन गरिनेछ ।