कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजे बोलाइएको हो । मुख्यमन्त्री शाहीले विश्वासको मत लिनेसम्बन्धी पत्र सोमबार प्रदेशसभामा दर्ता गराइसकेका छन् । उनी नेकपा एमालेको समर्थनमा गत साउन १२ गते मुख्यमन्त्री बनेका हुन् । दुई दलबीच मन्त्रालय बाँडफाँडमा सहमति