इरान सम्झौताका लागि तयार नभएसम्म वार्ता नगर्ने ट्रम्पको निर्णय

  • बुधबार ३ भौ २०८३ ०३:०५ AM
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता तत्काल रोक्न आफ्नो वार्ता टोलीलाई निर्देशन दिएका छन् । इरान सम्झौताका लागि तयार नभएसम्म थप छलफल नगर्ने ट्रम्पको निर्णय रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । अमेरिका र इरानबीच यसअघि सकारात्मक छलफल भइरहेको थियो । तर, ट्रम्पले थप वार्ता सुरु गर्नुअघि केही समय पर्खिने निर्णय गरेका छन् ।