काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा भने भारी वर्षाको पूर्वानुमान छ । दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै स्थानमा, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी प्रदेशको तराई र मधेस ... The post पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना appeared first on Kalika Khabar.