भारतीय सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

  • मङगलबार २ भौ २०८३ ०४:०५ PM
काठमाण्डु – भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले मंगलबार शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका उनले कलेजका विविध गतिविधिबारे जानकारी लिनुका साथै कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेका छन् । मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण तालिममा १० विदेशी