त्रिभुवन विमानस्थलबाट ३९ किलो थाई गाँजासहित ८ जना विदेशी पक्राउ

  • मङगलबार २ भौ २०८३ ०४:०४ PM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ किलो २८८ ग्राम थाई गाँजासहित आठ विदेशी नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले साउन ३२ गते राति दुई छुट्टाछुट्टै उडानबाट नेपाल आएका पाँच म्यानमारी र तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो। विदेशबाट हवाई मार्ग हुँदै उच्च मात्रामा ‘टीएचसी’ भएको गाँजा नेपाल भित्र्याउने प्रयास भइरहेको सूचनाका