काठमाडौं । मानव सेवा आश्रमले गत साउनमा देशका विभिन्न स्थानबाट २४८ जना सडक आश्रित मानवको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये १५७ पुरुष र ९१ जना महिला रहेका छन् । उद्धार गरिएका व्यक्तिहरूलाई देशभर रहेका विभिन्न शाखामा संरक्षण प्रदान गरिएको आश्रमले जनाएको छ । उद्धारसँगै पारिवारिक पुनःमिलनलाई प्राथमिकतामा राखेको आश्रमले साउन महिनामा पारिवारिक विवरण पहिचान