कांग्रेस महाधिवेशनको कार्यतालिका : भदौ २४ गते वडा र असोज ७ गते जिल्ला अधिवेशन

  • मङगलबार २ भौ २०८३ ०२:३१ PM
काठमाण्डु – नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने गरी विभिन्न तहका अधिवेशनको परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पार्टीको १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाण्डुमा सम्पन्न हुनेछ । यसअघि तोकिएको मिति परिवर्तन नगरी बाँकी तहगत अधिवेशनको समयतालिका परिमार्जन गरिएको