काठमाडौं । फोनपेले जीवीसँग साझेदारी गर्दै ‘चेकआउट बाई फोनपे’ सेवा जीवीको अनलाइन प्लेटफर्ममा एकीकृत गरेको छ। यससँगै जीवीका ग्राहकले अनलाइन खरिद गर्दा छिटो, सरल र सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन्। यस एकीकरणपछि जीवीमा सामान खरिद गर्ने ग्राहकले भुक्तानीका क्रममा ‘चेकआउट बाई फोनपे’ छनोट गरी सहभागी मोबाइल बैंकिङ एपमार्फत भुक्तानी पूरा गर्न सक्नेछन्। यसले सामान छनोटदेखि भुक्तानीसम्मको सम्पूर्ण प्रक्रियालाई थप सहज बनाउने कम्पनीको भनाइ छ। सेवा सुरुवातको अवसरमा फोनपे र जीवीले ग्राहकका लागि विशेष क्यासब्याक अफर पनि ल्याएका छन्। अफरअन्तर्गत ग्राहकले २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्, जसको अधिकतम सीमा ५०० रुपैयाँ ... The post फोनपेको ‘चेकआउट बाई फोनपे’ जीवीमा एकीकृत, २० प्रतिशत क्यासब्याक अफर appeared first on Kalika Khabar.