भक्तपुर – नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५ जनालाई पक्राउ गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदनहरूको अध्ययनका क्रममा जग्गा खरिद प्रक्रियामा अनियमितता भएको पाइएपछि भक्तपुर जिल्ला अदालतबाट पक्राउ गरी अनुसन्धान गर्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।