सुदूरपश्चिम प्रदेश : लामो समयदेखि अमेरिका रहेका प्रकाश देउवा पदमुक्त

  • मङगलबार २ भौ २०८३ ०१:१७ PM
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाको सांसद पद रिक्त भएको छ । लामो समयदेखि प्रदेश सभा बैठकमा अनुपस्थित भएका देउवालाई आज पदमुक्त गरिएको हो । प्रदेशका सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गरेका हुन् । सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार मन्त्रीसमेत रहेका देउवा लामो समयदेखि अमेरिकामा रहँदै आएका छन् । जेनजी आन्दोलनपछि उनी अमेरिका गएका