नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा बिचौलियासहित ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरु, नुवाकोटको समुन्द्रटार–६ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका–२६ मा बस्ने ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बस्ने ५८ वर्षीय मदनकृष्ण फोजु, उदयपुरको कटारी–३ स्थायी ठेगाना भई हाल