काठमाडौँ ।अग्रगामी मोर्चाले लुम्बिनी प्रदेश सरकारको पछिल्लो कदमप्रति गम्भीर आपत्ति जनाउँदै भत्र्सना गरेको छ । मोर्चाको आज बसेको बैठक पश्चात एक प्रेस–विज्ञप्ति जारी गर्दै संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीको मान्यता विपरीतका कार्यहरू तुरुन्त सच्याउन माग गरेको हो । विज्ञप्ति अनुसार, जनता समाजवादी पार्टी (जसपा), नेपालको निर्णय र निर्देशन विपरीत नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारले जसपाका प्रदेश सभा सदस्यहरूलाई मन्त्री पदको शपथ ग्रहण गराएको थियो । साथै, भदौ १ गते लुम्बिनी प्रदेश सभा सदस्यहरूद्वारा सरकारको पक्षमा मतदान गराउने कार्य गरिएकोप्रति मोर्चाले घोर निन्दा गरेको छ । मोर्चाले उक्त कार्यलाई असंसदीय, अलोकतान्त्रिक र अनैतिक ... The post आगामी निर्वाचनसम्म सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा appeared first on Kalika Khabar.