काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि सरकारले कार्यविधि तयार गरेको जानकारी दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री खनालले परराष्ट्र मन्त्रालयले तयार गरेको ‘विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि विनियोजित बजेट सञ्चालन गर्ने कार्यविधि, २०८३’ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको