सरकारले दुग्ध किसानलाई दूध खरिदबापतको रकम समयमै उपलब्ध गराउने उद्देश्यले दुग्ध विकास संस्थान (डीडीसी) को भुक्तानी चक्र छोट्याउने तयारी अघि बढाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भदौको अन्तिम सातासम्म किसानको भुक्तानी अवधि अधिकतम २५ दिनमा सीमित गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने जानकारी दिएकी हुन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद निष्कल राईले उठाएको प्रश्नको