नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान, संविधान र अदालतको आदेशअनुसार तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले समयको चापलाई मध्यनजर गर्दै तय गरिएको कार्यतालिकाअनुसार महाधिवेशनको प्रक्रिया अघि बढाउन निर्देशन दिए । पार्टी अहिले संवैधानिक व्यवस्था, विधान र अदालतको फैसलाले बाँधिएको