काठमाडौं । नेपाल भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको मंगलवार अन्तिम संस्कार गरिएको छ । ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौंको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो । विगत ६ दशकदेखि साहित्य सिर्जनामा अनवरत रूपमा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषा दुवैमा कविता, गीत तथा साहित्यका विभिन्न विधामा कलम