अन्तर्राष्ट्रिय मापदण्ड र नागरिक सहजताका लागि राहदानी ऐन संशोधनः परराष्ट्रमन्त्री

  • मङगलबार २ भौ २०८३ ११:४३ AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपाली नागरिकको आवागमनलाई सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले राहदानी केवल यात्रा अनुमति पत्र नभई नागरिक र सार्वभौम राज्यबीचको सामाजिक सम्झौताको प्रतीक भएको बताए ।