बाजुरा । मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक निर्माण सुरु भएको २७ वर्ष बितिसक्दासम्म निर्माण पूरा भएको छैन । उक्त सडक विं.स २०५६ देखि सुरु भएको हो । प्रदेश गौरवका रूपमा रहेको उक्त सडक निर्माण कम्पनीले समयमै काम नगर्दा आयोजना अलपत्र परेका हो । सडक निर्माण एवं स्तरोन्नतिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको छ ।