प्रहरी किशोर श्रेष्ठलाई फेरि पक्रन चाहन्थ्यो , अदालतले रोक्यो

  • मङगलबार २ भौ २०८३ १०:२९ AM
काठमाण्डु्– पत्रकार किशोर श्रेष्ठलाई पुनः पक्राउ गर्ने प्रहरीको प्रयासमा तत्कालका लागि अदालतले रोक लगाएको छ ।ललितपुर जिल्ला अदालतले श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको हो । उपसभामुख रुवीकुमारी ठाकुरले आफ्नो चरित्र हत्या गरेको भन्दै सोमबार प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् । सोही जाहेरीलाई आधार बनाएर ललितपुर प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिन अदालतसँग अनुमति मागेको थियो