कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले अपाङ्गता भएका व्यक्तिहरूको प्रदेशस्तरीय नीति निर्माणमा जोड दिने बताएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश समिति अध्यक्ष नन्दराज धिताल नेतृत्वको टोलीसँगको भेटघाटका क्रममा मुख्यमन्त्री शाहीले भूगोल, सामाजिक संरचना शिक्षा, पूर्वाधारलगायत हिसाबले विभिन्न समस्या झेलिरहेका अपाङ्गताहरूको अधिकार सुरक्षितका लागि प्रदेश सरकार प्राथमिकताका साथ लागिने बताए ।