काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री तथा मोडल करुणा श्रेष्ठबीच लामो समयदेखि चल्दै आएको प्रेमसम्बन्धको चर्चा अब औपचारिक रूपमा सार्वजनिक भएको छ । आकाशले मंगलबार बिहान सामाजिक सञ्जाल इन्स्टाग्राममा करुणासँगको रोमान्टिक तस्बिर पोस्ट गर्दै आफूहरूको प्रेमसम्बन्ध पाँच वर्ष पुगेको खुलासा गरेका हुन् । तस्बिरसँगै उनले लेखेका छन्, ‘हाम्रो पाँच वर्ष । हामी पछाडिका असंख्य