एमएडब्लू वृद्धिले नेपाल ल्यायो शक्तिशाली विद्युतीय एसयूभी ‘एम हिरो’

  • मङगलबार २ भौ २०८३ ०९:०८ AM
काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय एसयूभी एम हिरो नेपाली बजारमा भित्रिएको छ। एमएडब्लू वृद्धिले नेपालमा ल्याएको यो प्रिमियम इलेक्ट्रिक एसयूभीलाई आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८औँ नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने तयारी गरिएको छ। कठिन तथा चुनौतीपूर्ण भूभागमा समेत सहज रूपमा चलाउन सकिने क्षमताका लागि परिचित एम हिरोमा चारवटा शक्तिशाली विद्युतीय मोटर जडान गरिएको छ। चारवटै मोटरले संयुक्त रूपमा अधिकतम ८०० किलोवाट पावर उत्पादन गर्ने कम्पनीको दाबी छ। करिब ३.५ टन तौल रहेको यो एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति मात्र ४.२ ... The post एमएडब्लू वृद्धिले नेपाल ल्यायो शक्तिशाली विद्युतीय एसयूभी ‘एम हिरो’ appeared first on Kalika Khabar.