काठमाण्डु– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रिमा विश्वकर्माले काठमाण्डुसहित देशका अधिकांश सहरमा दलितहरूले कोठा भाडामा खोज्दा भोग्नुपरेको जातीय विभेद र अपमानका घटना संसदमा उठाएकी हुन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जातकै कारण दलित समुदायका नागरिकले डेरा पाउनै मुस्किल हुने गरेको बताइन् । दलितलाई जात सोधेर कोठा नदिने, डेरामा बसेपछि समेत पानी, प्रवेशद्वार र